Sat. Nov 28th, 2020

थप २७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ लाख ९१ हजार नाघ्याे

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८७ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार २०६ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ५५ हजार ११४ रहेको छ ।

 

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १४४ रहेको छ ।हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ रहेको छ ।
त्यस्तै अहिलेसम्म नेपालमा १५ लाख २७ हजार ७६६ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।