Mon. Nov 23rd, 2020

अभिनेत्री काजल अग्रवालको विवाह हुँदै

दक्षिण भारतीय चलचित्रकी सुपरस्टार अभिनेत्री काजल अग्रवालको विवाह हुने खबर सार्वजनिक भएसँगै उनका प्रशंकहरु तरंगित बनेका छन् ।सार्वजनिक भएको खबर अनुसार काजल यही अक्टुबर ३० मा बेहुली बन्दै छिन् । योसँगै धेरैले उनको हुनेवाला बेहुला को हुन् भन्ने चासो व्यक्त गर्न थालेका छन् । काजलले मंगलवार सामाजिक सञ्जाल मार्फत गौतम किचलूका साथ आफू विवाह बन्धनमा बाँधिने घोषणा गरेकी हुन् ।

 

को हुन् गौतम किचुला
बलिउडका लागि परिचित गौतम उद्यमी व्यवसायी हुन् । उन इकमर्शका सञ्चालक हुन् । उनको कम्पनी हो डिसर्न लाइभिङ ।उनको कम्पनीले विशेष गरी आर्किटेक अर्थात घरहरुको सजावटको काम गर्दछ । यसको अलवा म्याराथनमा पनि गौतमको रुची रहेको छ । उनी विगत ७ वर्षदेखि मुम्बइ म्याराथनका प्रतिस्पर्धी रहँदै आएका छन् ।

 

३५ वर्षीया काजलले बलिउडमा सिंघम, स्पेशल २६, दो लफ्जोकी कहानी लगायतका चलचित्रमा काम गरेकी छन् ।प्रायः तेलुगु चलचित्रमा अभिनय गर्ने काजलले तमिल लगायत अन्य भाषाको समेत चलचित्र गरेकी छन् । उनले सन् २००४ मा बलिउड फिल्म क्युं हो गया नाबाट अभिनय करीयर शुरु गरेकी थिइन् ।