Tue. Nov 24th, 2020

‘ह्याप्पी बर्थ डे’ नाजिर हुसेन

नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता नाजिर हुसेनको आज जन्मदिन परेकोछ । भदौं २२ गते सिमारामा जन्मिएका उनले आज आफ्नो जन्मदिन सामान्य तरिकाले मनाउदैछन् ।

 

जन्मदिनको अवसरमा उनलाई आज शुभकामनाको ओइरो लागिरहेको छ । चलचित्र क्षेत्रमा प्रवेश गर्नु अगाडि रंगकर्मीको रूपमा चर्चा कमाईसकेका उनले हालसम्म धेरै चलचिमा अभिनय गरेका छन् ।

 

आफ्नो अभिनय व्यबसायिक जीवन मन्दला थिएटरबाट सुरु गरेका थिए ।नाजिरले रंगमञ्चमा अभिनय गरेका प्रमुख नाटकहरूमा माथा पन्चर, डिग्री माइला, चरनदास चोर लगायतका छन् । उनी चलचित्र होस्टेल रिटन्सबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् ।