Mon. Nov 23rd, 2020

भ्रम 

बादल बनेर आफू झरिसक्दा
भिजाएँ ठानेको थिएँ आकाशलाई
पानीको थोपा बनेर टाँसिइरहँदा
आफ्नै ठानेको थिएँ कर्कलालाई
ठानिनु भनेको त नहुनु रहेछ
आकाश भिजेनछ कहिल्यै
कर्कलाले पानीलाई आफ्नो भनेनछ ।

चलचित्रको पर्दामा पानी पर्दा
पर्दा नभिज्ने कुरा किन सम्झिइनँ?
आगो देख्दै गर्दा पर्दा नडढेको त
कम से कम सम्झनुपर्थ्यो !
छायालाई एक पात्र देखेर
उसका जीवनका पीडा अँगाले जस्तै
तिमीलाई अँगालेको रहेछु ।

कसो कसो गरी अड्डिएको हिलो थिएँ
सजिलैसँग मेट्न पायौ हीरा बनेर
केहीसमय टाँसिएको अहम् पालेर
हिलै भए पनि चम्किएको छु सम्झूँला
निर्विकार बन्न चाहेकी तिमी
सधैँ स्वतन्त्र छौ,

कवि : मनिष गौतम