Sat. Oct 24th, 2020

जोन सीनाले गरे गोप्य विवाह, को हुन् दुलही?

रेसलर तथा अभिनेता जोन सीनाले एक वर्षदेखिको प्रेम र डेटिङपछि गोप्य विवाह गरेका छन । गोप्य विवाह समारोहमा आफ्नी प्रेमिका शाय शरिजादेहसँग उनले वैवाहिक सम्बन्ध जोडेका हुन्।

विभिन्न मिडियामा आएका खबर अनुसार जोन सीना र शाय शरिजादेहले सोमबार फ्लोरिडाको टम्पामा एक विवाह समारोहमा आएका थिए। उनीहरुको विवाह प्रमाणपत्र इन्टरनेटमा भाइरल भइरहेको छ।

यो जोडी पहिलो पटक एकसाथ क्यानडामा मार्च २०१९ मा देखिएको थियो जब जोन ‘प्लेइंग विथ फायर’ चलचित्रमा थिए। विवाहबारे जोन सीना केही बोलेका छैनन् ।