Mon. Oct 26th, 2020

एकाएक चर्चामा आउकी रानु मण्डल कोरोनाका कारण पहिलेकै अवस्थामा

रेल्वे स्टेशनमा बसेर गीत गाउने रानु मण्डलको भाग्य सन् २०१९ मा एकाएक बदलिएको थियो ।सामाजिक सञ्जालमा रानुले गीत गाउँदै गरेको एक भिडियो भाइरल भएपछि उनको खुब चर्चा भएको थियो । रानुले लता मंगेशकरको गीत गाएकी थिइन् ।

भाइरल भएपछि उनको भविष्य बदलिएको थियो । तर, कोरोना भाइरसका कारण रानुको जीवन पुनः उस्तै अवस्थामा पुगेको छ । भारतीय समाचार संस्था न्यूज १८ का अनुसार रानुले आफ्नो नयाँ घर छोडेर पुरानो घरमा गएकी छिन् । रानुसँग यतिबेला कुनै काम छैन ।बलिउडमा काम नहुँदा उनको आर्थिक अवस्था पुनः खराब हुँदै गएको छ । जसकारण उनी पुरानो घरमा फर्किएकी छिन् ।

यसअघि रानु मण्डल भाइरल भएपछि हिमेश रेशमियाले उनलाई गीतमा मौका दिएका थिए । त्यसपछि उनको थप चर्चा भएको थियो ।एकपटक रानु मण्डल बढी मेकअप गरेका तस्वीर सार्वजनिक भएपछि पनि चर्चामा आएकी थिइन् ।