Wed. Oct 21st, 2020

सिन्धुपाल्चोकको राम्चे केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प

सिन्धुपाल्चोकको राम्चे केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यका लगायतमा महसुस गरिएको छ ।

 

विहान ५ बजेर १९ मा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।भूकम्पको धक्का काठमाडौंका साथै आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको थियो ।

 

विहान भएकाले सर्वसाधारणले धक्काको अनुभव राम्रै सँग गरेका थिए । त्रासले यतिबेला धेरैजसो मानिसहरु घर बाहिर बसेका छन् । थप विवरण आउन बाँकी छ ।