Tue. Oct 20th, 2020

फेसबुकबाटै व्यवसाय, यसरी हुन्छ सम्पर्क ?

तपाईलाई फेसबुकमा कुनै अपिरिचित केटीले वा केटाले फ्रेण्ड रिक्वोइस्ट पठायो भने सिधै एसेप्ट नगरिहाल्नुस । उसको प्रोफाइल हेर्नुहोस, एक पटक । उसको ठेगाना, उसका साथीहरु, उसले पहिले गरेका पोष्टहरु यी सबै हेरेपछि चित्त बुझे मात्र एसेप्ट गर्नुहोस । नचिनेका केटा वा केटी सिधै रिक्वोइस्ट एसेप्ट गर्दा तपाईको फ्रेण्ड यौन व्यवसायी पनि पर्न सक्ने संभावना छ ।

 

किनकी अचेल मध्यस्थकर्तामार्फत हुने अधिकांश यौन व्यवसाय सामाजिक सञ्जाल (इन्टरनेट) र मोवाइलको सहायताले हुन थालेको छ । फेसबुकमा पहिले हलोहाई भन्ने बिस्तारै पारिवारिक र आर्थिक अवस्थासम्म कुराकानी हुने र पछि फोन मार्फत भेट्ने कुरासम्म पुग्ने गरेको एक यौन व्यवसायी बताउछन।

 

यौन व्यवसायमा लागेका महिला वा पुरुष फेसवुक वा इन्टरनेटको माध्यमबाट मोलमोलाई देखि भेट्ने स्थानसम्मका कुरा तय गर्छन । यसरी समाजिक सञ्जाल मार्फत व्यवसाय चल्न थालेपछि यो व्यवसायमा बिचौलियाको प्रभाव घट्दै गइरहेको छ । उमेर ढल्केका केही यौ नक८र्मी अझै पनि युवायुवतीको बिचौलिया बनेर कमाई गरिरहेका पनि छन । तर तिनीहरुको संख्या एकदमै कम छ अहिले । राजधानीलगायत नेपालका प्रमुख सहरहरू धरान, विराटनगर, नारायणघाट, पोखरा, नेपालगन्ज, बुटवल, धनगढी, वीरगन्जलगायत सबै सहरमा यौन व्यवसाय फस्टाउँदो छ ।