Wed. Oct 21st, 2020

काेराेना संक्रमितलाई दुर्व्यवहार हैन माया गराैं : अभिनेत्री रेखा थापा

नेपालका विभिन्न स्थानमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । कोरोना संक्रमित बढ्दै गएपछि काठमाडौं उपत्यका लगायतका देशका बिभिन्न स्थानमा निषेधाज्ञा गरिएको छ ।

 

निषेधाज्ञा गरिएको समयमा सबै घरबाट विना काम बाहिर ननिस्कन सरकारले आग्रह गरेको छ । यस्तै कोरोना निको भई घर फर्कका र कोरोना संक्रमण देखिएकालाई समाजका दुर्व्यवहार गर्ने प्रवृति देखिएको छ । कोरोना सक्रमितको उपचारको लागि भन्दे दिनरात खटिने स्वास्थ्यकमीँमाथि पनि दुर्व्यवहार गर्ने गरिएको सुनिदै आएको छ ।

 

यसैबीच यस्तो अवस्थामा कोरोना संक्रमित र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार नगर्न अभिनेत्री रेखा थापाले आग्रह गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत कोरोना संक्रमितलाई बहिष्कार नभई माया गर्नुपर्ने उनले बताएकी छिन् । उनले भनेकी छिन्, कोरोना सन्क्रमितलाई बहिष्कार गर्ने होइन सन्क्रामक भाईरसबाट सचेत रहौ । सन्क्रमित ब्यक्तिलाई हामी सबैले झन धेरै माया गरौ (साबधानी साथ) । भाईरस नसर्ने तरिकाले सम्मान र सदभाव देखाऔ । खास गरी स्वास्थ्य क्षेत्रमा काम गर्ने बहादुर र प्रतिभवान आफन्तलाई उच्च सम्मान गरौ ।