Wed. Oct 21st, 2020

पाथिभरामाताको दर्शन गरी ॐ लेखि शेयर गर्दै पढ्नुहोस् भदौ-१४ आइतवारको राशिफल

वि.सं.२०७७ भदौ- १४,आइतवार, ई.सं.२०२० अगष्ट-३०

 

मेष
किनमेल गर्दा सजग रहनु होला,सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,पारीवारिक सहयोग बढ्ने छ,आजको शुभ अंक ९ रहेको छ ।

 

बृष
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,गुप्त रोगले सताउने छ,आजको शुभ अंक ८ रहेको छ ।

 

मिथुन
स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला,आफन्तको विश्वास पर्दा धोका हुनेछ,मेलमिलापको भावना राम्रो हुनेछ, आजको शुभ अंक ४ रहेको छ ।

 

कर्कट
धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आजको शुभ अंक १ रहेको छ ।

 

सिहं
दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,आत्म–विश्वास बढ्नेछ ,आजको शुभ अंक ६ रहेको छ ।

 

कन्या
लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,पारिवारिक जीवनमा मतभेत रहनेछ, आजको शुभ अंक १० रहेको छ ।

 

तुला
साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,आर्थिक समस्या पर्ने छ,झगडा पनि हुनसक्छ,नब ग्रहको प्राथना गर्नाले शुभ कार्यमा सफलता पाइन्छ, आजको शुभ अंक ७ रहेको छ ।

 

बृश्चिक
सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,आर्थिक समस्या पर्ने छ, आजको शुभ अंक ७ रहेको छ ।

 

धनु
काम गर्दा अपमानित हुनुपर्ला,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ, आजको शुभ अंक ४ रहेको छ ।

 

मकर
प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ,आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ, आजको शुभ अंक ५ रहेको छ ।

 

कुम्भ
तातो रिस गर्नाले काम बिग्रिनेछ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,सानातिना कामको झमेला आउनसक्छ ,आजको शुभ अंक २ रहेको छ ।

 

मीन
आफन्तको विश्वास पर्दा धोका हुनेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ, आजको शुभ अंक ३ रहेको छ ।