Wed. Oct 21st, 2020

पिठ्युँ पछाडि झिँगाले नाडी निमोठिहाल्छ, सक्छौ आऊ छातीमा गोली ठोकेर जाऊ…

खोक्रा कुरा भन्दा बरु नसा धोकेर जाऊ
सक्छौ आऊ समयको मूल्य तोकेर जाऊ ।

 

आफ्नो शिर लुकाएर किन पठाउछौ दुत
दिन्छु,आऊ मेरो सामु,उत्तर बोकेर जाऊ ।

 

पिठ्युँ पछाडि झिँगाले नाडी निमोठिहाल्छ
सक्छौ,आऊ छातीमा गोली ठोकेर जाऊ ।

 

न्यायका निम्ति लड्ने न्याय योद्धा हुँ म
सम्बोधन गर मागको युद्ध रोकेर जाऊ ।

रमिता
धादिङ ।