Wed. Oct 21st, 2020

प्रसिद्ध गजलकार दीपक समिपको ‘म कैदि प्रेमको’ म्युजिक भिडियो सार्वजनिक

नेपाली साहित्यका प्रसिद्ध गजलकार दीपक समिपको गजल ‘म कैदि प्रेमको’ म्युजिक भिडियो सार्वजनिक भएको छ।गजल सन्ध्या पोखराका पुर्वअध्यक्ष समेत रहेका समिपको रेकर्ड भएको यो दोस्रो गजल हो ।

समिपको २०६२ सालमा ‘भूगोलभित्र नकोरिएको देश’ गजल संग्रह प्रकाशित भएको छ । केशवराज आचार्यको स्वर तथा संगीतमा रहेको गजलको म्यूजिक भिडियोमा नायिका केकी अधिकारी र नरेन खड्काको फिर्चड छ । सपोटिप्स रोलमाजीवन खड्कालाई देख्न सकिन्छ ।

दीपा घिमिरे आचार्यको लगानि रहेको गजलको निर्देशन भने मोहनराज अधिकारीले गरेका छन् । जुगल डंगोलको म्यूजिक एरेज र अमृत सुनुवारले खिचेका भिडियोमा माधव बेलबासेले कैचिँ चलाएका छन् ।

हेरौँ  भिडियो ।