Wed. Oct 21st, 2020

जन्मदिनकाे शुभकामना अभिनेत्री नम्रता श्रेष्ठ

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री नम्रता श्रेष्ठको आज जन्मदिन परेको छ । उनी आजबाट ३५ वर्षमा लागेकी छिन् । चलचित्र ‘सानो संसार’ बाट अभिनय करिअर सुरु गरेकी नम्रतालाई लभस्टोरी चलचित्रमा अभिनय रुचाइन्छ ।

 

 

कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनका कारण पछिल्लो समय चलचित्रका कामहरु नहुँदा उनी अहिले घरमै समय बिताइरहेकी छिन् । आफ्नो जन्मदिन पनि उनले आज घरमै परिवारसँग मनाउदैछिन् । जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि अन्य कलाकारले शुभकामना दिइरहेका छन् ।

अभिनेत्री नम्रता श्रेष्ठ