Tue. Oct 27th, 2020

अब कसैसँग झुक्न छाडौ : निखिल उप्रेती

नेपालले नयाँ नक्शा सार्वजनिक गरेसँगै नेपाली चलचित्रका कलाकारहरुले पनि राष्ट्रियताको बिषयमा आवाज उठाउन थालेका छन् । नायक निखिल उप्रेतीले पनि आफ्नो भनाई सार्वजनिक गर्दै अब कसैसँग पनि झुक्न आवश्यक नरहेको बताएका छन् ।

 

उनले भनेका छन, ‘यो समयमा पनि केही नेताहरुले भारतकै गुलामी गर्दैछन् । उनीहरुलाई नेपाली जनताले चिन्न आवश्यक छ । त्यस्ता नेताहरुको राजनीतिक करिअर समाप्त पार्ने दिन आउँदैछ । अब सकभर विदेशी चिजहरुलाई प्रयोग गर्ने काम छाड्दै जानुपर्छ । सानो झन बलियो हुन्छ । कोरोना सानो थियो तर विश्वलाई नै तहसनहस बनाइदियो । यसैले, अब हामी पछाडि फर्कियौ भने फेरि हामी हेपिन थाल्नेछौ ।’