Wed. Oct 21st, 2020

सुगाले निकाल्यो अनौठो हाँसो, दुरुस्तै फिल्मको भिलेन (भिडियो)

सुगा धेरैलाई मनपर्ने चरा हो । सुगालाई धरमा पनि पाल्ने गरिन्छ । घरमा पालिएको सुगाले सजिलै मानिसको आवाज पनि टिप्ने गर्छ । मानिसका कुनै आवाज त दुरुस्तै पनि पार्छ ।

 

 

सुगाले मानिसहरुको नक्कल गरेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडियोमा सुगाले मानिसको हाँसो सजिलै नक्कल गरेको छ । सुगाको हाँसोले अरुलाई पनि हसाइरहेको छ । भिडियोमा सुगाले विस्तारै ढोका खोलेर भित्र पसेर भिलेनको जस्तो हाँसो निकालेको छ ।