Wed. Oct 21st, 2020

लकडाउनमा भैँसी दुहेर समय बिताउदै बलिउड अभिनेत्री शर्लिन चोपडा

बलिउडमा बेलाबेलामा बिभिन्न कारणले चर्चामा आउने अभिनेत्री हुन् शर्लिन चोपडा । धेरैजसो हट फोटोसुटका कारण चर्चामा आउने उनी पछिल्लो समय एक अनौठो तस्बिरकै कारण चर्चामा छिन् ।

 

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनका कारण उनी अहिले घरमै छिन् । सामाजिक सञ्जालमा पनि सक्रिय रहने उनले लकडाउनको समयमा आफुले गरेका कामहरुबारे आफ्ना फ्यानहरुलाई जानकारी गराइरहेकी छिन् । उनले हालै एक तस्बिर शेयर गरेकी छिन् । तस्बिरमा उनले भैंसी दुहेकी छिन् । उनले भैंसी दुहेको उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उनले लकडाउनको समयमा भैंसी दुहेको बताएकी छिन् ।