Tue. Oct 20th, 2020

गुमनाम बनेका नायक जीवन लुइँटेल एकाएक लाइभमा (भिडियाेसहित)

नायक जीवन लुइँटेल अहिले अमेरिकामा छन् । अमेरिका पुगेपछि जीवन नेपाली मिडिया र शुभचिन्तकहरुसँग टाढा बनेका छन् । अमेरिका हानिएपछि उनी सामाजिक संजालमा पनि खासै सक्रिय छैनन् । यसैले पनि जीवनका शुभचिन्तकहरुले उनलाई खोजी गरेका छन् ।

 

उनै जीवन लामो समयपछि फेसबुक लाइभमा जोडिएका छन् । उनले, अमेरिकामा आफू सुरक्षित रहेको जानकारी दिएका छन् । नेपाल आएपछि चलचित्र क्षेत्रका लागि केही काम गर्ने क्रममा मिडियामा आउने चाहना रहेपनि अहिलेको अवस्थामा शुभचिन्तकहरुसँग केही कुरा गर्न मन लागेकाले फेसबुक लाइभमा जोडिएको जीवनले बोलेका छन् ।

 

कोरोना भाइरसको बिषयमा मात्र फेसबुक लाइभमा कुरा गरेका जीवनले सबैलाई घर भित्र रहन अपिल गरेका छन् । जीवनले अहिलेको समयमा घर भित्र नै बस्नु र लकडाउनलाई पालना गर्नु नै कोरोनाबाट बच्ने उत्तम विकल्प भएको बताएका छन् । जीवन रहे सबै रहने उनको भनाई छ । उनले चाडै नै कोभिड १९ को भ्याक्सिन बन्ने र समस्या समाधान हुने आशा पनि व्यक्त गरेका छन् ।