Sat. Oct 24th, 2020

जनावर र पशुपन्छीलाई खाना खुवाउदै नायिका बर्षा राउत (फाेटाे फिचर)

अभिनेत्री बर्षा राउतले लकडाउनका कारण खाना खान नपाएका जनवारलाई खान खुवाएकी छिन् । आइतबार बिहान बर्षाले टेकु हुदै डम्पिङ साइटमा रहेका कुकुरलाई खान खुवाएकी हुन् ।

 

बर्षाले इन्द्रायणी, शोभाभगवती, बिजेश्वरी, स्वयम्भु, बुढानिलकण्ठ, नक्साल, कमलपोखरी लगायतका स्थानमा पुगेर पशुपंक्षी, बादर, कुकुर लगायत जनावरलाई बिस्कुट, चामल, मकै, गहुँ, केरा, पानी लगायत आहारा खुवाएकी  छिन् । लकडाउनका कारण देश नै अस्तब्यस्त छ । यसको असर सडकमा रहेका तथा अन्य जनावर पशुपन्छीलाई आहारा अभाव भएको छ । यस अघि बर्षाले फिल्म प्राविधिकलाई सहयोग गरेकी थिइन् ।

तस्विर : योगेन्द्र भुजेल