Wed. Oct 21st, 2020

ईन्द्र जि.सी र लक्ष्मी आचार्यले ल्याए ‘विश्व अहिले भाछ त्रसित’ (भिडियोसहित)

संसारभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को बारेमा जनचेतनामूलक गीत ‘विश्व अहिले भाछ त्रसित’ सार्वजनिक भएको छ । ‘कोरोना भाइरसबाट आफूपनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने सन्देश दिन टी–टाइम म्युजिकले उक्त गीत यूट्युवमार्फत सार्वजनिक गरेको हो । पत्रकारसमेत रहेका हेमन्त आचार्यले शब्द सिर्जना गरेको उक्त गीतमा ईन्द्र जि.सी र लक्ष्मी आचार्यले स्वर दिएका छन् ।

 

गीतको परिकल्पनाकार भने रामप्रसाद बस्याल हुन् । कोरोनाको सन्त्रासका कारण आधा संसार लकडाउनमा रहेको बेलामा विदेशमा रहेका श्रीमान र स्वदेशमा रहेकी श्रीमतीबीचको वार्तालापलाई गीतमा निक्कै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । कामको सिलसिलामा हाल साउदी अरेवियामा रहेका सर्जग आचार्यले लकडाउनकै समयमा गीत रचना गरेको जनाएका छन् ।