Fri. Oct 23rd, 2020

सम्झिने अनि बस्ने हो एउटा विगत थियो भनेर,चित्त बुझाउने हो कसैको मन बदलियो भनेर(गजल)

सम्झिने अनि बस्ने हो एउटा विगत थियो भनेर
चित्त बुझाउने हो कसैको मन बदलियो भनेर।

 

हजारौं होलान् उसका समय बिताउने तरिका,
म सजिलै बिर्सिन सक्दिनँ उसले बिर्सियो भनेर।

 

मैनबत्ती जस्तै बन्न चाहेकी हुँ उसको जिन्दगीमा,
पछुतो मान्दिन म आफ्नै जिन्दगी सकियो भनेर।

 

हुन त आफै औकात देखाएर ऊ टाढिएको हो,
मैलाई दोषी बनायो तेरो औकात देखियो भनेर।

 

मर्छु, मार्छु कहिल्यै भन्दिनँ बरू तड्पिन्छु आफैं,
सुन्न नपरोस् मेरो लागि कोही तड्पियो भनेर।

©लुरी