Fri. Oct 23rd, 2020

आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा, सरस्वतीका यी १२ नाम ११ पटक जप गरे कार्यसिद्धि मिल्ने विश्वास

प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ ।वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लागेको छ ।विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसबाहिनी, जगन्माता, बागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजाराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्तपञ्चमी’ पनि भन्ने गरिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह ९इही० जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ ।

यदी तपाइलाई सरस्वती पूजाका लागि कुनै मन्त्र तथा श्लोक आउँदैन भने चिन्ता नलिनुस् । यदी तपाई सरस्वतीको विभिन्न १२ नाम ११ पटक जप गर्नुस् मनोकामना पूरा हुने विश्वास राखिन्छ ।देवी सरस्वती हिन्दू धर्म की प्रमुख देवी हुन् । जसलाई ज्ञान तथा विद्याकी देवी मानिन्छ । माता सरस्वतीका यी १२ नाम उच्चारण गर्नाले कार्यसिद्धि मिल्ने धार्मिक विश्वास गरिन्छ ।

१‍.भारती
२. सरस्वती
३. शारदा
४. हंसवाहिनी
५. जगती
६. वागीश्वरी
७. कुमुदी
८. ब्रह्मचारिणी
९. बुद्धिदात्री
१०. वरदायिनी
११. चंद्रकाति
१२. भुवनेश्वरी।

चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा विणा लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, बागीश्वरी, कौमारी जस्ता नामले पुकार्ने गर्दछन्।विद्या र सृजनाकी देवी भएकाले ज्ञान आर्जन गर्ने साधनको रूपमा रहेको कलम, कापी, कुची र बाद्ययन्त्र आदिलाई पनि सरस्वतीको रूपमा पूजा आराधना गर्ने गरिन्छ।